ताजा समाचार

ओली एक वर्ष अगावै प्रधानमन्त्रीमा नियुक्त, किन जारी गरियो २ वटा विज्ञप्ती ?

काठमाडौं, ३ फागुन । एमाले अध्यक्ष केपी ओली एक वर्ष अघि नै प्रधानमन्त्रीमा नियुक्त भएको खुलाशा भएको छ । राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्ती हेर्दा ओली २०७३ साल फागुन ३ गते नै प्रधानमन्त्रीमा नियुक्त भएको खुलाशा भएको हो । प्रधानमन्त्री नियुक्तिको जस्तो विषयमा राष्ट्रपति कार्यालय दुई विज्ञप्ती जारी भएसँगै सामाजिक सञ्जालमा भाईरल भएको छ ।

एउटा विज्ञप्तीमा २०७३ साल फागुन ३ गतेको मिति छ भने अर्कोमा आजको मिति उल्लेख गरिएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालद्धारा हस्ताक्षरित दुई वटा विज्ञप्तीलाई हेर्दा ओलीलाई दुई पटक नियुक्ति दिईएको छ । यो राष्ट्रपति कार्यालयको गम्भीर क्रुटी हो ।

उक्त घटनाले नेपालीमा एउटा उखान ‘छ हतारको काम लतार ।’ राष्ट्रपति कार्यालयले केपी ओलीलाई हतार-हतार प्रधानमन्त्रीमा नियुक्ति दिँदा जारी गरिएको विज्ञप्तीमा ओलीलाई राष्ट्रपतिले गत साल फागुनमै प्रधानमन्त्री नियुक्त गरेको व्यहोरा परेको हो । ओलीलाई राष्ट्रपतिले ०७३ साल फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरिएको भनिएको थियो, पछि सच्याएर ०७४ साल फागुन ३ बनाइयो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org