ताजा समाचार

प्रदेश २ का मुख्यमन्त्री राउतलाई १०१ किलोको माला, उचाल्ने गाह्रो

जनकपुरधाम, ३ फागुन । प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतलाई स्थानीयले १ सय १ किलोको माला लगाईदिएका छन् । बिहीबार पद तथा गोपनियाताको सपथ लिएपछि वीरगञ्ज महानगरपालिकाका वासिन्दाले १ सय १ किलोको माला लगाइदिएका हुन् ।

पर्सा क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित राउत मुख्यमन्त्री भएको खुशियालीमा वीरगञ्जका वासिन्दाले उनलाई माला लगाइदिएका हुन् । संघीय समाजवादी फोरमका नेतासमेत रहेका मुख्यमन्त्री राउत पर्सा जिल्लाबाट प्रदेश सांसद निर्वाचित भएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org