ताजा समाचार

नवनियुक्त प्रधानमन्त्री ओलीले जनताको नाममा सपथ लिए

काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

भण्डारीले बिहीबार विहान मात्र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीले जनताका नाममा सपथ लिएका हुन् । समारोहमा पुर्व प्रधानमन्त्री, पुर्व मन्त्री लगायत विशिष्ट अधिकारीहरुको सहभागिता रहेको थियो ।

त्यसअघि बिहीबारै ओलीलाई राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । बुधबार मात्रै निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिक नतिजा राष्ट्रपतिलाई बुझाएको थियो ।

आयोगले नतिजा बुझाएलगत्तै दलहरु नयाँ सरकार गठनमा लागेका हुन् । यसअघि माओवादी अध्यक्ष प्रचण्डसहितका नेताले ओलीको प्रधानमन्त्रीको दावी राष्ट्रपतिसमक्ष पेश गरेका थिए  ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org