ताजा समाचार

देउवाको राजीनामा पछि नवराज सिलवालले फेरे लामो स्वास, आखिर के भने ?

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री देउवाको राजीनामापछि एमाले सांसद् नवराज सिलवालले लामो स्वास फेरेका छन् । उनको विस्थापनले अधिनायकवादी पात्रको उन्मुक्ति भएको बताएका छन् । पूर्व डीआईजी समेत रहेका एमाले सांसद सिलवालले प्रधानमन्त्री शेरबहादुर देउवाको विस्थापनलाई अधिनायकतावादी पात्रको उन्मुक्तिको रूपमा व्याख्या गरेका हुन् ।

नेपाल प्रहरीले कीर्ते गरेको आरोपमा खोजिरहेका सिलवाललाई भेट्टाउन सकेको छैन। सिलवालले देउवा नेतृत्वको सरकार विस्थापित भएपछि ट्विटरमार्फत प्रतिक्रिया दिएका हुन्। ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले आज उन्मुक्ति पाएको छ’, उनले ट्विट गरेका छन्।

ललितपुर १ बाट निर्विचत सांसद सिलवाल नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीको सरकारमा गृहमन्त्री बन्ने चर्चा चलिरहेको छ । उनी गृहमन्त्री भएमा उनको उक्त मुद्दा नयाँ ढंगले अगाडि बढ्ने देखिन्छ । ओलीले यसअघि नै नवराज सिलवालको विषयमा छुट्टै न्यायिक छानविन गर्ने बताइसकेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org