ताजा समाचार

सहिद परिवारका सदस्यलाई रोजगारी प्रदेश २ मन्त्रिपरिषद्को पहिलो निर्णय

जनकपुरधाम, ३ फागुन । प्रदेश २ को पहिलो मन्त्रिपरिषद् बैठकले सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । बिहीबार सपथलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मधेस आन्दोलनका सहिदका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको पहिलो बैठकले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका तथा असक्त घाइते भएकाहरुको परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो ।

प्रदेश २ मा राजपाको समर्थनमा फोरमका राउत मुख्यमन्त्री बनेका छन् । फोरमका विजय यादव अर्थ र जितेन्द्र सोनल भौतिक पूर्वाधारमन्त्री बनेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org