ताजा समाचार

मध्यरातमा भारतीय राजदूत बालकोट पुग्ने बित्तिक्कै ओलीलाई मोदी र स्वराजको टेलिफोन

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । टेलिफोन संवादमा मोदीले आफु प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको धारणा ब्यक्त गरेका छन्। मोदीले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।

जवाफमा प्रधानमन्त्री ओलीले बधाई तथा शुभकामना दिएकोमा मोदीलाई धन्यवाद व्यक्त गर्दै आफ्नो ध्यान विकास र समृद्धिमा केन्द्रित रहेकाले भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने धारणा राखेका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।बिहीबार नै मोदीले भारतीय राजदुत मञ्जितसिंह पुरीमार्फत शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाएर आर्थिक विकास र समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल र भारतको प्रगाढ विश्वास, सदभाव र पारस्परिक विश्वासमा आधारित युगौं पुरानो सम्बन्धलाई विकास गर्न आफूहरुले उच्च महत्व दिने र त्यसका लागि नेपाली जनता र सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको पत्रमा उल्लेख छ। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि बिहीबार नै प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर बधाई दिएकी छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org