ताजा समाचार

प्रधानमन्त्री नियुक्ति प्रक्रिया विवादः ओलीले गिरिजाकै विधि अपनाएका थिए

काठमाडौं, ४ फागुन । शेरबहादुर देउवाले राजीनामा दिनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीको सपथ खुवाएपछि यसबारे बहस चलेको थियो । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले प्रधानमन्त्रीको सपथ प्रक्रिया असंवैधानिक नभएको बताएका छन् ।

उनले निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम बुझाइसकेपछि संसदको बैठक बोलाएर मात्र प्रधानमन्त्री हुनुपर्छ भन्ने कतै नलेखिएको बताए । मैनालीले भने, ‘प्रधानमन्त्रीको हकमा यस्तो गर्न मिल्छ तर, संविधानमा धेरै कुरा प्रष्ट नहुँदा यस्ता विवाद आउने गर्छन् ।’

एसोसिएसनकै अर्का पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले ओलीले प्रधानमन्त्री बन्न हतार गरेको बताए ।’ संसद बैठक बोलाएर बिस्तारै प्रधानमन्त्री भएको भए सर्वसाधारणमा पनि बुझ्न सजिलो हुन्थ्यो अलिक हतार भयो कि’, खड्काले भने, ‘संवैधानिक प्रक्रिया नपुर्याएको त होइन तर नयाँ अभ्यासजस्तो भयो ।’ खड्काले २०४८ सालमा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले पनि यही विधि अपनाएको बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org