ताजा समाचार

पार्टी एकता गर्न जुट्यो सहमति

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने सहमति जुटेको छ । दुई नेताबीच भएको सहमति अनुमोदनका लागि पार्टी एकता संयोजन समितिको बैठक साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले दुई नेताबीच पार्टी एकताको सहमति जुटेको पुष्टि गरे । गौतमले भने, ‘पार्टी एकताका लागि दुई अध्यक्षबीच सहमति भयो । त्यसलाई आजै एकता संयोजन समितिले अनुमोदन गर्छ ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org