ताजा समाचार

अध्यक्ष द्वयले आलोपालो प्रधानमन्त्री चलाउने भद्र सहमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ५ वर्ष आलोपालो प्रंधानमन्त्री चलाउने भद्र सहमति भएको छ ।

प्रधानमन्त्री आलोपालो चलाउने सार्वजनिक घोषणा गर्दा सरकार कमजोर हुने र कर्मचारीहरुले पनि सरकारलाई नटेर्ने भएकाले यो सहमतिलाई ‘जेन्टलमेन एग्रिमेन्ट’ का रूपमा मात्रै लिइने शीर्ष नेतृत्वमा सहमति भएको स्रोतले बतायो ।

सोमबार बिहान प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टु वान’ वार्तापछि पार्टी एकताको विषय टुंगो लागेको हो । यसअघि आइतबार दुई नेतावीच करिब ५ घण्टा छलफल भएको थियो ।

दुई नेतावीच पार्टी एकताको मोडालिटीमा सहमति भएसकेकाले आजै साँझ बालुवाटारमा बस्ने एकता संयोजन समितिको बैठकले यसलाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् । संयोजन समितिले अनुमोदन गरेपछि पार्टी एकताको औपचारिक घोषणा हुने बताइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org