मध्यरातमा यसरी बन्यो एमाले–माओवादी पार्टी एकता गर्ने ७ बूँदे सहमति
काठमाडौं । नेकपा एमाले र माओवादी मुलुकमा एउटामात्र कम्युनिष्ट पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ बनाउन सहमत भएका छन् । सोमबार मध्यरात बालुवाटारमा दुबै पार्टीका अध्यक्ष सम्मिलित पार्टी एकता संयोजन समितिका पदाधिकारीले ७ बूँदे सहमतिमा यस्तो सहमति भएको हो ।
पार्टी निकटका विभिन्न व्यवसायीकहाँ अलग–अलग वैठकहरु भएपनि बालुवाटारमा सोमबार राती बसेको वैठकले एकिकरणको प्रारम्भिक आधार सार्वजनिक गरेको हो । सात बूँदे सहमतिका आधारमा नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने उल्लेख छ । एकता महाधिवेशनसम्म अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारेर एकीकृत पार्टी सञ्चालन गर्ने दुई दलको सहमति छ ।
साढे चार महिनादेखिको छलफलमा ‘ब्रेक थ्रु’ गर्दै दुई दलले सोमबार राति पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टी एकता संयोजन समितिका आठ नेताले हस्ताक्षर गरेका छन् । सहमतिसँगै प्रजातन्त्र पुनर्स्थापनासँगै दुई कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपा एमाले २७ वर्षपछि र शसस्त्र द्धन्दमा होमिएको नेकपा माओवादी २२ वर्षपछि औपचारिक रुपमा आफ्नो अस्तित्व मेटाउँदै हुँदै नयाँ मार्गतिर जान सहमत भएका छन्।
१.पार्टीको नाम – नेपाल कम्युनिस्ट पार्टी
२. निर्देशक सिद्धान्त – ‘माक्र्सवाद–लेनिनवाद’
३.बहुदलीय प्रतिस्पर्धा – नेकपा ‘एमाले’ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा ‘माओवादी केन्द्र’को पनि शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्पmत आफ्नो श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यतामा समान धारणा रहेको तथ्यमा दुवै पार्टी स्पष्ट
४.जबज र माओवाद – नेकपा ‘एमाले’ले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा ‘माओवादी केन्द्र’ले अवलम्बन गरिआएको ‘माओवाद र एक्काइसौँ शताब्दीमा जनवाद’सम्बन्धी विषयमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ ।
५. विधान र प्रतिवेदन – उपरोक्त आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गरिनेछ ।
६.समाजवादको आधार – उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रूपान्तरण मार्फत समाजवादका आधार निर्माण
७. एकता महाधिवेशन – आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्य रूपमा सम्पन्न गरिनेछ ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












