राष्ट्रपतिको चुनाव फागुन २९ मा
काठमाडौँ, फागुन ११ गते । राष्ट्रपतिको चुनाव फागुन २९ गते मङ्गलबार गर्ने गरी निर्वाचन आयोगले बिहीबार मिति घोषणा गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले फागुन २९ गते मङ्गलबार बिहान १० देखि अपराह्न ३ बजेसम्म काठमाडौंमा मतदान र सोही दिन ४ बजेपछि मतगणना गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यक्रम अनुसार, फागुन २१ गते मतदाता नामावली प्रकाशन, २३ गतेउम्मेदवारको मनोनयन पत्र दर्ता र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । प्रमुख आयुक्त डा.यादवले राष्ट्रपति चुनावका लागि उच्च अदालतका न्यायाधीशनिर्वाचन अधिकृत रहने व्यवस्थाअनुसार नाम उपलब्ध गराउनन्याय परिषद्लाई आयोगले पत्राचार गरेको जानकारी दिनुभयो । उहाँले राष्ट्रपतिको निर्वाचन भएको सात दिनभित्रै उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी छिट्टै कार्यतालिका प्रकाशन गरिने जानकारी दिनुभयो ।
निर्वाचनको मिति घोषणा गर्नुअघि आयोगका पदाधिकारीले प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई बिहीबार नै भेट गरी परामर्श गर्नुभएको जानकारी आयोगका प्रवक्ता नवराज ढकालले दिनुभयो । आयोगले यसै विषयमा फागुन ३ गते राजनीतिक दलका प्रतिनिधिसँग परामर्श र छलफल गरेको थियो । त्यतिबेला फागुन २१ गते निर्वाचन गर्ने भनिए पनि सरकारसँग परामर्श गर्न बाँकी रहेकाले निर्वाचनको मिति हप्ता दिन पर सरेको हो ।
आयोगले मतगणना कार्य समाप्त भएपछि निर्वाचन परिणाम घोषणा गर्ने तर कुनै उम्मेदवारले प्राप्त गरेको मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त नभएमा पुनः निर्वाचनको मिति घोषणा हुने जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












