ताजा समाचार

राजेन्द्र खड्गी माथि परेको मुद्दामा कोरिया प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं १४ फागुन। द्वन्द्व निर्देशक राजेन्द्र खड्गी माथि परेको मानव बेचबिखन तथा ओसारपसार मुद्दाको कोरिया प्रहरीले समेत अनुसन्धान थालेको छ ।

बयानका क्रममा खड्गीले दुई कोरियन नागरिकको नाम लिएपछि उनीहरुको बारेमा अनुसन्धान थालेको हो ।खड्गीले नेपालबाट कोरियासम्म युवालाई लाने काम मात्रै गरेको र कोरियामा रहेका एक नेपालीसहित दुई कोरियन नागरिकले सबै काम गर्ने गरेको बताएका थिए ।

सोहि बयानका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले ती दुई नागरिकको बारेमा कोरियन दूतावासमार्फत कोरिया प्रहरीलाई जानकारी गराएको थियो ।

दक्षिण कोरियास्थित नेपाली दूतावासले एक कार्यक्रममा भाग लिन भन्दै खड्गीसहित त्यहाँ पुगेको १२ जनाको टोली मध्ये दुई जना मात्रै स्वदेश फर्किएको जानकारी गराएको थियो ।

सोही आधारमा खड्गीमाथि अनुसन्धान अघि बढेको थियो । र, २५ माघमा खड्गी ठमेलबाट पक्राउ परेका थिए ।बयानमा खड्गीले युवालाई विदेश लगेको स्वीकारिसकेका छन् । उनले त्यसो गर्नु अपराध गरेको चाहिँ थाहा नभएको बताएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org