ताजा समाचार

पर्सामा १० वर्षीया बालिका बलात्कृत, ६ जना पक्राउ

 

वीरगञ्ज ,१६ फागुन। पर्साको निचुटामा १० बर्षीया बालिका बलात्कृत भएकी छन् । पटेर्वासुगौली गाउँपालिका वडा नं ५ निचुटा बस्ने बालिकालाई बलात्कार गरिएको हो ।

बालिकाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमामा उपचार भइरहेको छ । बुधबार साँझ ६ बजेतिर घर नजिकै रहेको उखुबारीमा बालिकाको बलात्कार भएको हो ।गाउँ नजिकै माछा पोखरीमा माछा मार्न आएका मलाहामध्ये कसैले बलात्कार गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पटेर्वा सुगौली गाउँ कार्यपालिकाका सदस्य विपिन मुखियाले बालिकाको बलात्कार भएको जानकारी गराए । ‘साँझको घटना हो, घटना घटाउने व्यक्तिको खोजी भइरहेको छ’ उनले भने ‘साँझ नै बालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गर्‍यौं, शल्यक्रिया पछि अब बालिकाको अवस्था सामान्य छ ।’

इलाका प्रहरी कार्यालय पोखरीया र पटेर्वा सुगौलीले घटनाबारे अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org