ताजा समाचार

अब भाइबरमा एकसाथ एक अर्ब मानिससँग च्याट गर्न सकिने

म्यासेजिङ एप भाइबरले अहिलेसम्मकै ठूलो ग्रुप च्याट भाइबर कम्युनिटी घोषणा गरेको छ । भाइबर कम्युनिटी च्याट ग्रुपमा एक अर्ब जना सदस्य सीमा तोकिएको छ । यस ग्रुपका सदस्यहरु कमेन्ट र प्रतिक्रियामार्फत अन्तर्क्िरया गर्न सक्नेछन् । त्यस्तै ग्रुपको एडमिनले इकमर्स कम्पनी राकुटेनसँग मिलेर स्ट्रिमलाई मनिटाइज गर्नसमेत सक्नेछ ।

कुनै समय म्यासेजिङ मार्केटमा ह्वाट्सएपसँग रहेको राकुटेनले सन् १०१४ मा ९ सय करोड डलर आम्दानी गरेको थियो । हाल राकुटेनलाई लिएपछि भाइबरले आफ्ना प्रयोगकर्तामार्फत कति आर्जन गर्न सकिन्छ भन्ने अनुमान गर्न सकेको छैन ।

अहिले भाइबरको ध्यान भाइबर कम्युनिटीमा कति मानिसहरु आवद्ध हुन सक्छन् भन्नेतिर छ । हालसम्म भाइबर कम्युनिटीमा एक अर्बभन्दा बढी जोडिएका छन् ।
भाइबरले नयाँ फिचर मार्फत अरु म्यासेजिङ एपभन्दा बढी चर्चा कमाएपछि यसमा धेरै युजरहरु सक्रिय रहने र अरु नयाँ प्रयोगकर्ता पनि थपिने अनुमान गरेको छ ।

15

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org