ताजा समाचार

सिटी सेन्टरमा सुरक्षागार्डको हत्या

काठमाडौं,२० फागुन । कमलपोखरीमा रहेको सिटी सेन्टर भवनको चौथो तलबाट खसालेर सुरक्षागार्डको हत्या गरिएको छ ।

२६ वर्षीय रविन खवास भुजेलको शव शुक्रबार बिहान चौथो तलाबाट खसेको अवस्थामा भेटिएको थियो । सामान्य विवादका क्रममा मादक पदार्थ सेवन गरेका रुद्र बस्नेतले खवासको मुख र नाक थिचेर ४ तलमाथिबाट भुजेललाई खसालेर हत्या गरेको प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि जिल्ला अदालत काठमाडौंबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको छ ।

भुजल विग मुभिजमा विगत साढे दुई वर्षदेखि सुरक्षागार्डको रुपमा काम गर्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org