निर्वाचन सुरक्षा समितिको बैठक सम्पन्न
काठमाण्डौ २२ फागुन । राष्ट्रपतिको निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीका लागि आज बसेको निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।
सो बैठक उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक माननीय निर्वाचन आयुक्त सुधीर कुमार शाहज्यूको संयोजकत्वमा बसेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
उक्त बैठकमा माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवज्यूको उपस्थिति समेत रहेको थियो ।
बैठकमा माननीय प्रमुख निर्वाचन आयुक्तज्यूले स्थानीय तह, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित रुपले सम्पन्न गर्न सुरक्षा निकायले पु¥याएको योगदान प्रति धन्यवाद दिँदै आगामी राष्ट्रपतिको निर्वाचनमा पनि चुस्त दुरुस्त ढङ्गले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ ।
समितिका संयोजक माननीय निर्वाचन आयुक्त सुधीर कुमार शाहज्यूले शान्तिपूर्ण र मर्यादित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने बताउँदै राष्ट्रपतिको निर्वाचनमा पनि सुरक्षा निकायले त्रुटीरहित ढङ्गले निर्वाचनका सबै प्रक्रियामा सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै गरी गृह मन्त्रालयका सचिव लगायतका सुरक्षा निकायका प्रतिनिधिहरुले आयोगको निर्देशन बमोजिम शान्तिपूर्ण रुपमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।
बैठकमा माननीय निर्वाचन आयुक्तज्यूहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल, गृह सचिव मोहनकृष्ण सापकोटा, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद के.सी. एवं सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि तथा आयोगका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको निर्वाचन आयोगले जनाएको छ ।
Comments
अरु समाचार
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...