ताजा समाचार

वृद्धको शव फेला

महोत्तरी, २२ फागुन   । गौशालामा एका वृद्धको शव कुहिएको अवस्थामा आज फेला परेको छ ।

गौशाला नगरपालिका– १२ स्थित उखुबारीमा स्थानीयवासी ५५ वर्षीय रामदेव महतोको शव कुहिएको अवस्थामा भेटिएको हो ।

उखु काट्ने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महतो गत माघ २ गतेदेखि बेपता रहेको स्थानीय शिक्षक महावीर महतोले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org