सिन्धुलीमा बजारदेखि गाउँसम्म हात्ती आतंक
सिन्धुली, २५ फागुन । सिन्धुलीमा झण्डै एक महिनादेखि जंगली हात्ती मानवीय बस्ती नजिक बसोबास गर्दा सर्वसाधारण त्रसित बनेका छन् ।
दिनभर जंगलमा बसोबास गर्ने र रातको समयमा मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण त्रसित बनेका हुन् । रातको समयमा जंगल र साँझ परेपछि मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण हात्तीको डर त्रासमा नै रातभर जाग्राम बस्न बाध्य रहेका छन् ।
बिहीबार बिहान सिन्धुलीको बजार क्षेत्रमा देखा परेका पाँचवटा हात्ती गए रातिदेखि फर्किएका छन् । कमलामाई नगरपालिकाको बजार क्षेत्र, धुराबजार, चिसापानी, बोझे, राजपानी, ढकालगाउँ आसपासका जंगलमा बसेका हात्ती गएराति पुनः माइस्थानतर्फ फर्किएको जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले जनाएको छ ।
दिनभर सदरमुकाम वरपर रहेका हात्ती राति फर्कने क्रममा भिमानमा एक घरमा क्षति पु¥याएको भन्ने जानकारी आएको र सो स्थलमा अहिले प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । प्रहरी टोली पुगेपछि क्षतिको विवरण आउने उहाँको भनाइ रहेको छ ।
पाँचवटाको बथानमा रहेका हात्ती अहिले फर्कने क्रममा रहेका र सर्वसाधारण नागरिकलाई सतर्कता अपनाउन र सुरक्षा प्रदान गर्न टोलीसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
सिन्धुलीमा हात्ती आएदेखि अहिलेसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा वन कार्यालयका कर्मचारीको टोलीले हात्ती प्रवेश गरेको स्थलको प्रत्यक्ष अवलोकन र नागकिलाई हात्ती आएको सूचना प्रवाह गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो ।
आज बिहान हात्ती कमलामाई नगरपालिकामा पर्ने हात्तीसारबाट पातीपरान भन्ने ठाउँको जंगलतर्फ लागेको जानकारी आएको समेत उहाँले जानकारी दिनुभयो । पातीपरानको जंगल हँुदै हात्ती महोत्तरीतर्फ जानसक्ने अनुमान गरिएको छ ।
यसैबीच, जंगली हात्तीले कमलामाई नगरपालिका–८ मा दुईवटा घर भत्काएको छ । केही दिनदेखि जंगल क्षेत्रमा बस्दै आएका हात्तीको समूहले कमलामाई नगरपालिका–८ निवासी अशोक माझी र दिलकुमार मगरको घर भत्काएको प्रहरीले बताएको छ । हात्तीले माझी र मगरको घरमा रहेको अन्नपात खानुका साथै नष्ट पारेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले बताएको छ ।
दिउँसो जंगलमा बसेका हात्ती साँझको समयमा गाउँ पस्ने गर्दछन् । विगत केही वर्षदेखि कमलाखोँच क्षेत्रमा जंगली हात्ती बेलाबेलामा निस्कने र बस्तीमा पसी स्थानीयलाई त्रसित पार्ने गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकाका तीनतले, पातीपरान, रानीवास क्षेत्रमा हरेक वर्ष हात्ती आउने गर्दछन् ।
हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायले खासै चासो नदेखाएको सर्वसाधारण नागरिकले बताउने गरेका छन् । अघिल्ला वर्षमा हात्तीले जनधनको क्षति गरेपनि यस वर्ष अघिल्ला वर्षको तुलनामा कम क्षति गरेको बताइएको छ ।
अघिल्लो वर्ष रानीवास क्षेत्रमा घर, गोठ भत्काउनुका साथै बारीमा लगाएको कोदो, खेतमा लगाएको धानबालीमा क्षति पु¥याएका थिए । गत वर्ष पनि सिन्धुलीको रानीवास क्षेत्रमा आएका चारवटा हात्तीले ठूलो परिमाणमा धन तथा अन्नपातको क्षति गरेको थियो । (रासस)
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












