ताजा समाचार

महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय

काठमाडौं,२५ फागुन । माओवादी केन्द्रले कृष्णबहादुर महरालाई प्रतिनिधिसभाको सभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी केन्द्रीय कार्यलयको बैठकले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभामुख पदका लागि महरासंगै ओनसरी घर्ती, देव गुरुङ, लेखराज भट्ट र गिरिराजमणि पोखरेलको दाबी थियो ।

शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org