मुद्दा फछ्र्यौटमा समस्या
गौशाला, २५ फागुन । महोत्तरी जिल्ला अदालतमा आवश्यक कर्मचारी अभावका कारण मुद्दा फछ्र्याैटमा समस्या भएको छ ।
जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलकाअनुसार अदालतमा दरबन्दी अनुसारको न्यायाधीश र कर्मचारी नहुँदा मुद्दा फैसला प्रभावित भएको हो ।
सर्वोच्च अदालतले न्यायालयलाई चुस्त दुरुस्त बनाउँदै सेवाग्राहीलाई छिटो सेवा प्रदान गर्ने योजना अघि सारे पनि आवश्यक कर्मचारी अभावकै कारण जिल्ला अदालतमा मुद्दा फैसलाले गति लिन सकेको छैन । छिटोछरितो न्याय सम्पादन गरी कुनै पनि मुद्दालाई १८ महिनाभित्र फैसला गरिसक्नुपर्ने भनिएको छ तर कर्मचारी अभावका कारण शीघ्र न्याय सेवा प्रवाहका लागि समयमा काम हुन नसकेको प्याकुरेलले बताउनुभयो ।
जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा ६४ प्रतिशत मुद्दा मात्र फस्र्यौट भएका छन् । यस अवधिमा अदालतले एक हजार ४० मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिइएकामा ६७३ मुद्दाको मात्र फैसला गरिएको छ । एक सयभन्दा बढी मुद्दाको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि फैसला भएको छैन ।
जिल्ला न्यायाधीश प्याकुरेलकाअनुसार निर्वाचनको करिब तीन महिना कर्मचारी बाहिर बसेकाले पनि मुद्दा फछ्र्यौटले गति लिन नसकेको हो । यसअघिको टिमले आवश्यक रफतारमा काम गर्न नसक्दा धेरैजसो मुद्दा थाँती रहेको उहाँले जानकारी दिनुभयो । (रासस)
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...