ताजा समाचार

एनआईसी बैंकले व्याजदर प्रस्ताव गरेसँगै बैंकर्स संघमा आबद्ध अन्य बैंकहरु रुष्ट

काठमाडौं, २७ फागुन, । एनआईसी एशिया बैंकले हालै मुद्दति निक्षेपमा १२ र बचतमा १० प्रतिशत व्याजदर प्रस्ताव गरेसँगै बैंकर्स संघमा आबद्ध अन्य बैंकहरु भने विरोधि बने । उनीहरु एनआइसीसँग अन्तरबैंक कारोबार रोक्ने भन्दै प्रतिवादमा उत्रिएका छन् ।

तर, २७ वटा बैंकले एउटा बैंकबिरुद्ध चालेको यो कदमले बैंकिङ क्षेत्रमा सिन्डिकेट लाद्न खोजिएको विज्ञहरुले बताएका छन् ।

पहिले मुलुकमा राज्य नियन्त्रित व्याजदर रहेको भए पनि संविधानले खुला बजार अर्थनीति अबलम्बन गरेसँगै यसलाई खुला छाडिएकोले कसैले सिन्डिकेट लगाउन नमिल्नेमा विज्ञहरुको अडान छ ।

‘अहिले बजारमा पुँजी अभाव हुनुको मुख्य कारण सरकारको खर्च क्षमता नबढ्नु र राष्ट्र बैंकले अपेक्षित रुपमा सहज वातावरण बनाउन नसक्नु नै हो  ।रेमिट्यान्सको रुपमा भित्रने रकम दुरुपयोग हुनु, सरकारले खर्च र राष्ट्र बैंकले तरलताको लागि सहजिकरण गर्न नसक्नुको उपज भएको  छ ।

स्थानीय तहको गठन भएको एक वर्ष बित्न लाग्दापनि खर्च गर्न सकिदैन भन्नुले नै सरकारको कमजोरी देखिएको उनी बताउँछन् । यी परिप्रेक्षमा एनआईसी एशियाले आफ्ना उपकरणहरु मार्फत पुँजी बढाउन खोज्नु गलत नहुनेमा उनीहरु सहमत छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org