ताजा समाचार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

काठमाडौं,२८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यूएस बंगलाको विमान दुर्घटना भएको छ ।

विमानमा रहेका सात जनाको उद्दार गरेर अस्पताल लगिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो ।

विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ । विमानमा लागेको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन ।

विमान दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको थियो । विमानमा  ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।अहिले आगलागी भएपछि जहाज पुरै जलेर नष्ट भएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।   घटनास्थलमा उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलका कर्मचारी तथा वारुण यन्त्रसहितको ठुलो टोली परिचालित भएको छ।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org