ताजा समाचार

बैज्ञानिक स्टिफन हकिङको निधन

काठमाडौं,३० फागुन । चर्चित बैज्ञानिक स्टीफन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको क्याम्ब्रिजस्थित घरमै निधन भएको हो ।

उनी रोगबाट पीडित थिए । उनको शरीरका कतिपय भाग चल्दैनथ्यो । स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ । उनले ब्याक होल पत्ता लगाएका थिए । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ नामक चर्चित किताब  एक करोडभन्दा बढी प्रति बिक्री भएको थियो।

सन् १९४२ मा अक्सफोर्डमा जन्मिएका हकिङ २१ वर्षका हुँदा उनलाई नसासम्बन्धी रोग लागेको थियो।

सन् १९८५ निमोनिया भएपछि उनको बोली पनि पूर्ण रूपमा बन्द भयो। उनको गालाको एउटा मांशपेशीको मद्दतले बोल्ने ‌औजार (स्पिक जेनेरेटिङ डिभाइस)  को सहायताले आफ्ना कुरा भन्ने गर्थे । अल्बर्ट आइन्सटाइनपछि विज्ञानको क्षेत्रमा योगदान गर्ने वैज्ञानिकहरूमध्ये हकिङ अग्रपंक्तिमा पर्छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org