यूएस बंगला विमानका चालकले काठमाडौं उड्नुअघि नै दिएका थिए राजीनामा
एजेन्सी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानका चालक अविड सुल्तानले उडान भर्नु अघि राजीनामा बुझाएको खुलेको छ ।
बंगलादेशी सञ्चारमाध्यममा प्रकाशित समाचारमा उनले उडान भर्नुअघि ईमेलमार्फत यूएस बंगलाका अधिकारीहरुलाई राजीनामा पत्र बुझाएको उल्लेख गरिएको छ ।
‘अविडले नेपालको उडान भर्नु अघि नै राजीनामा पत्र बुझाएका थिए’, उनका साथी प्रोथुम अलोले भनेका छन्, ‘यद्यपि, त्यसलाई अधिकारीहरुले स्वीकार गरेनन् ।’
अविड र सह(पाइलट प्रिथुला रसिदसहित ४९ जनाको दुर्घटनामा मृत्यु भएको थियो । यूएस बंगला एयरलाइन्सका जनसम्पर्क अधिकारी क्यामरुल इस्लामले भने आफूलाई राजीनामा पत्रबारे कुनै जानकारी नभएको बताएका छन् ।
अविडका एक जना साथीले भनेका छन्, ‘यूएस बंगला एयरलाइन्सका एक जना उच्च अधिकारीले दुई महिनाअघि राजीनामा दिएर इथियोपियन एयरलाइन्समा काम गर्न थालेका थिए । उनीसँग अविड पनि नजिक भएकाले त्यस विमानमा अविड पनि काम गर्ने योजनामा थिए ।’
‘अविडले नेपालको उडान भर्नु अघि नै राजीनामा पत्र बुझाएका थिए’, उनका साथी प्रोथुम अलोले भनेका छन्, ‘यद्यपि, त्यसलाई अधिकारीहरुले स्वीकार गरेनन् ।’
अविडको नजिकका पाइलटहरुले उनले राजीनामा दिइसकेपछि पनि विमान उडाउन लगाउनु नैतिक रुपमा पनि राम्रो नभएको बताएका छन् । यद्यपि, विमान दुर्घटनाको आधिकारिक कारण जान्नलाई थप अनुसन्धान जरुरी रहेको उनीहरुको भनाइ छ ।
उनीहरुले ब्ल्याक बक्सले त्यसको अनुसन्धान गर्न मुख्य भूमिका खेल्ने बताएका छन् । ब्ल्याक बक्सले विमान चालक र एयरपोर्टको कन्ट्रोल रुममा भएको कुराकानीलाई रेकर्ड गर्ने काम गर्छ ।
सन् २०१५ मे ६ मा अविडले यूएस बंगलामा काम गर्न थालेका थिए । उनी यूएस बंगला (८ क्यू ४०० नम्बरको विमानको चालक दलको सदस्यमध्येका प्रमुख थिए ।
बंगलादेशी वायु सेवामा सन् १९८४ मा प्रवेश गरेका उनी विमान चालकको प्रशिक्षक पनि थिए ।
उनको बंगलादेशको उत्तरामा घर छ, जहाँ उनको श्रीमती र छोरासँग बस्थे । सञ्चारमाध्यमहरुले उनकी श्रीमतीसँग कुरा गर्न खोजे पनि उनी बोल्न चाहिनन् ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












