ताजा समाचार

गृह प्रवक्तामा सुवेदी

काठमाडौँ, ३० फागुन । गृहमन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त हुनुभएको छ ।

यसअघि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहनुभएका सुवेदी गृह मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको रुपमा आजदेखि जिम्मेवारी सम्हाल्नुभएको हो ।

यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा हुनुभएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org