ताजा समाचार

शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित

काठमाडौं २ चैत । संघीय संसद्को प्रतिनिधिसभाको उपसभामुखमा एमाले नेतृ शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् ।
संसद बैठकमा मत विभाजनका आधारमा शुक्रबार भएको मतदानमा तुम्बाहाम्फे २०१ मतसहित निर्वाचित भएकी हुन् ।
तुम्बाहाम्फेले उपसभामुख पदमा वाम गठबन्धनबाट उम्मेदवारी दिएकी थिइन् ।

उनका प्रतिस्पर्धी काँग्रेसकी पुष्पा भुसाले ५८ मत पाएको थियो ।
संघीय समाजवादी फोरम र सरकारलाई समर्थन गरेको राजपालगायतका सांसदले पनि एमाले नेतृ तुम्बाहाम्फेको पक्षमा मतदान गरेका थिए ।
तुम्बाहाम्फे ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org