योजना आयोगमा सदस्य संख्या घट्यो

काठमाडौं २ चैत । राष्ट्रिय योजना आयोगको सदस्य संख्या घट्ने भएको छ ।
सरकारले केही दिनअघि राष्ट्रिय योजना आयोगको गठन आदेश (२०७४ पारित गरेसँगै अब आयोग उपाध्यक्षसहित पाँच सदस्यीयमात्रै हुने भएको छ । यसअघि आयोग उपाध्यक्षसहित आठ सदस्यीय थियो ।
गठन आदेश अनुसार अब योजना आयोगको काम नीति निर्माणमा मात्र सीमित हुनेछ । आयोगको कार्यक्षेत्रमा अब दीर्घकालीन सोच र तथ्यपरक नीति र योजना तर्जुमा, अनुगमन र मूल्याङ्कन छ ।
तहगत समन्वय र अध्ययन अनुसन्धान र अन्वेषण पनि अब आयोगको कार्यक्षेत्रभित्र रहनेछन् । यसअघि आयोग र आयोगको सचिवालय बेग्लै रहे पनि अब भने आयोगमात्रै रहनेछ ।
आयोगका सचिव विष्णुप्रसाद लम्सालका अनुसार अब आयोगमा सम्बन्धित क्षेत्रका विज्ञको विशेषज्ञताका आधारमामात्रै सदस्य नियुक्त हुने बताएको छ । जसअनुसार अब पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, प्राकृतिक स्रोत व्यवस्थापन, सुशासनलगायतका क्षेत्रका विज्ञले आयोगको सदस्यको सदस्यमा नियुक्ति पाउनेछन् । यससँगै अब आयोग विशिष्टिकृत भएको छ ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












