पाइलट अभावले निगमका विमान उडेनन्
काठमाडौँ, ५ चैत । विमान चालक (पाइलट) अभावका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का साना विमान त्यतिकै थन्किएका छन् ।
निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएका चार वटा वाई–१२ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् ।
नियमित व्यावसायिक उडानमा हुनुपर्ने विमानबाट उडान हुन् नसस्कँदा निगमलाई निकै ठूलो आर्थिक भार पर्न गएको छ । पाइलट अभावले उडान भर्न नसकेका विमानलाई नियमित सेवामा लैजान आवश्यक तयारी भइरहेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
“विमान सञ्चालनका लागि हामीले पाइलको व्यवस्था गर्दैछौँ स्वदेशी तथा विदेशी पाटलट नियुक्ति गरेर चाँडै विमान सञ्चालनमा ल्याउछौ,”–उहाँले भन्नुभयो । पाइलट अभावले निगम चीनबाटै पाइलट ल्याउने तयारीमा रहेको भए पनि सेवा सुविधाबारे कुरा मिलिनसकेकाले अझै छलफल चलिरहेको छ ।
निगमसँग अहिले चिनियाँ जहाज उडाउन सक्ने पाइलट एकजना मात्रै रहेकामा उहाँ पनि विरामी भएपछि एक सातादेखि चार चिनियाँ जहाज उड्न सकेका छैनन् ।
यसअघि पोखरा, भरतपुर र सिमरामा उडान गर्दै आएका वाई १२ एक साता यतादेखि पाइलट अभावका कारण उडान नगरी बसेका छन् । झण्डै एक महिना अघि भित्रिएका थप दुई चिनियाँ वाई–१२ का लागि पाइलट अभाव रहेको निगमको भनाइ छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चिनियाँ कम्पनीका दुईवटा विमान भित्र्याएको थियो ।
अहिले निगमसँग चार वाई १२ सहित आन्तरिक उडानमा आठवटा जहाज छन् । निगमले काठमाडौंबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।
त्रिचालिस पाइलट माग ः निवेदन अति न्यून
निगमले पाइलट अभाव पूर्ति गर्न हालै ४१ जना पाइलटको विज्ञापन माग गरेपनि अहिलेसम्म ११ जनाले मात्र निवेदन दिएका छन् । आन्तरिक उडानका लागि ल्याइएका चिनीयाँ विमान उडाउन पनि समस्या भएपछि निगमले सार्वजनिक सूचना प्रकाशित गर्दै सञ्चालनमा रहेका विभिन्न जहाजका लागि करारमा आवेदन माग गरेको थियो ।
अहिलेसम्म ११ जनाको मात्र निवेदन परेको र अझै केही दिनमा बढ्नसक्ने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताउनुभयो । निगमका प्रवक्ता श्रेष्ठले पछिल्ला दिनमा पनि निवेदन परेकाले यो संख्या बढ्नसक्ने जानकारी दिनुभयो ।
गत शुक्रबार पर्यटनमन्त्रीको पदबहालीका क्रममा मन्त्रालयमा भेटिनुभएका महाप्रबन्धक कंसाकारले अहिले निगममा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि करिब ७० जना मात्र पाइलट रहेको जानकारी दिनुभएको थियो ।
असारको दोस्रो साता वाइड बढी भित्रिने
निगमले अबको तीन महिनाभित्र थप दुई वाइड बढी विमान अन्तर्राष्ट्रिय उडानका लागि भित्र्याउँदैछ । हाल विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ एसिबी–५७५ र दुई एयरवस ए–३२० विमानबाट अन्तर्राष्ट्रिय उडान निगमले भर्दै आएको छ । आगामी असारको दोस्रो साता (जुनभित्र) वाइड बढी विमान नेपाल भित्रिने निगमका महाप्रबन्धक कंसाकारले बताउनुभयो ।
निगमले बढीमा दुई वर्षसम्मका लागि एयरबस ३३० का लागि छ जना पाइलट माग गरेको छ । त्यस्तै एयरबस ३२० का लागि दुई वर्षसम्म चार जना पाइलट, बोइङ ७५७ का लागि छ महिनादेखि एक वर्षसम्म छ जना पाइलटको आवेदन माग गरेको छ । अन्तर्राष्ट्रिय उडानबाहेक आन्तरिक उडानका लागि पनि निगमले करारमा पाइलट माग गरेको हो ।
बढीमा पाँच वर्षसम्म एमए ६० का लागि चार जना, पाँच वर्षसम्मकै लागि वाई १२ मा ११ जना पाइलट माग गरेको निगमले जनाएको छ । त्यस्तै एयरबस ३३० र बोइङ ७५७ का लागि समान छ जनाको पाइलटको पनि निगमले आवेदन मागेको छ । इच्छुक व्यक्तिले उडान अनुमतिको लाइसेन्स, प्रमाणपत्रसहितको आवेदन इमेल गर्नसक्ने निगमको सूचनामा भनिएको छ । (रासस)
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...