मैले पिटेको होइन, पुलिसले मलाई कुट्यो ः पिडित शुभम बम
काठमाडौं ७ चैत। ड्यूटीमा खटिएका प्रहरीलाई गालीगलौज र कुटपिट गरेको आरोपमा शुभम बम शुक्रबार राति ठमेलबाट पक्राउ परेका छन् । उनी नेपाल प्रहरीका प्रदेश ४ प्रमुख एआईजी कमल सिंह बमका छोरा पनि हुन् ।
एआईजीका छोरा मुछिएको यो घटना सुरुमा प्रहरीले गुपचुप राखेको थियो तर, मंगलबार बाहिर आयो ।
तर, प्रहरीले गलत सूचना दिएको भन्दै बम परिवारले आपत्ति जनाएको छ । उनीहरुका अनुसार शुभमले प्रहरीमाथि कुटपिट होइन, प्रहरीले चाहिँ शुभमलाई कुटेका हुन् ।
उनका अनुसार उक्त दिन उनी साथीहरुसँग ठमेल गएका थिए । मदिरा पनि पिएकै हुन् । तर, ट्याक्सी चालकसँग भाडाबारे विवाद हुँदा प्रहरीले नियन्त्रणमा मात्र लिएन, अनुहारमा बुटले हानेको उनले बताए ।
देब्रे आँखामुनि निलो दाग र ट्रम सेन्टरमा उपचार गराएको रिपोर्ट देखाउँदै उनले भने, ‘भाडा बढी भनेपछि भएको सामान्य डिस्कसमा प्रहरीले कुटपिट गर्यो ।’
बमकी आमा महिमाले भने मदिरा पिएको अवस्थामा पक्राउ गरेकोमा कुनै आपत्ति नभएको बताइन् । तर, विना कारण कुटपिट गर्न नपाइने उनले बताइन् । ‘यदि मदिरा दिएको भनेर पक्राउ गरेको मात्र थियो भने म प्रहरीलाई धन्यवाद दिन्थेँ र छोरालाई दुई झापड हान्थेँ’ उनले भनिन्, ‘तर, हिरासतमा लिएको बाबुलाई अनुहारमा चोट लाग्ने गरी पिट्न त पाइँदैन नि ।’
ठमेल घट्नाबारे शुभमको बयान
बैंग्लोरको कलेज पढेको साथीहरु आएका थिए, त्यसैले शुक्रबार राति ९र१० बजेतिर हामी ठमेल गएका थियौं । हामी ९ जना थियौं । ठमेलमा हामीले खायौं । १२ बजेतिर घर जाउँ भन्दा एउटा साथी भेट भयो । उसले गाडी छ मेरो गाडीमा जाउँ भन्यो । तर, ९ जना त अट्दैन भनेर म ट्याक्सी खोज्न गएँ ।
सञ्चयकोष अगाडि भेटिएको ट्याक्सीले हजारर१५ सय भन्यो । आउँदा ४ सयमा आएको । जाँदा १४र१५ सय भनेपछि रिस उठ्यो । डिस्कस भइरहेको थियो ट्याक्सी चालकले पुलिसलाई भन्यो कि यसले जाँड खाएर मलाई किचकिच गरिरहेको छ, यिनीहरुलाई लिएर जानुस् ।
मैले पुलिसलाई भने यति धेरै पैसा लिँदैछ, हाम्रो पनि कुरा सुन्न पर्यो नि । तर, मलाई उल्टै ‘ए तँ रक्सी खाएर वादविवाद गर्छस्’ भन्यो । यसलाई गाडीमा हाल भन्दै धकेल्यो साथीहरु पछाडि थिए । सामर्थ्य र प्रज्ञानले हामीले झगडा गरेको छैन भन्दा यिनीहरुलाई गाडीमा हाल भन्यो ।
साथीको भोलिपल्ट ब्रतबन्ध थियो । त्यसैले मैले गाडीबाट निस्किएर भनेँ, दाई हामीहरु पनि आर्मी पुलिसको फेमेलीको मान्छेहरु हो । हामीलाई यस्तो नगरिदिनुस् । कुरा सुन्दिनुस् मात्रै भनेको थिए इन्स्पेक्टरले ‘यो धाक लगाउने केटा रे’छ । यसलाई पिटी हाल भन्यो । र, ४र५ जनाले गाडीमै पिटे । मैले एआईजीको छोरा हुँ भनेको छैन र प्रहरीले दाबी गरे जस्तो उनीहरुमाथि हातपात गरेको पनि होइन ।
एक जना पुलिसले बुटले अनुहारमा हान्यो, मेरो नाक भाँचियो । देब्रे कान अलिअलि सुन्न छाडेको छु । त्यसपछि साथीसहित मलाई गाडीमा हालेर प्रहरी चौकी लिएर गयो ।
त्यसबेला राति करिव सवा १ बजेको थियो होला । परिवारसँग सम्पर्क गर्नु पर्यो भनेर फोन नम्बर निकालेँ तर, यसको फोन छिन भनेर भन्यो । मैले बुबालाई फोन गरिसकेको थिएँ तर कुरा हुन पाएन । मैले फोन दिन नमानेपछि उनीहरुले मलाई प्रहरी चौकीमै पनि कुटपिट गरे ।
मेरो नाकबाट रगत आयो र मलाई हस्पिटल लगियो । त्यहीँ इस्पेक्टरले हस्पिटल लगेको हो तर, लग्यो केही गरेन । मैले एक्सरे गर्नुपर्छ भन्दा तिमीहरुसँग पैसा छैन भनेर फर्काएर लग्यो । कुन हस्पिटल भन्दा ओम भनेका थिए तर, मलाई ट्रमा सेन्टरमा लगेको रहेछ, जुन कुरा मैले भोलिपल्ट मात्र थाहा पाएँ ।
अस्पतालबाट फर्काएपछि मलाई जेलमा हाल्यो । दुई जना साथीलाई बाहिर राख्यो । त्यसपछि राति २ बजेतिर साथी स्वरुप तिमल्सिना आएछन् र उनले मलाई कुटपिट गरेको थाहा पाएपछि एआईजीको छोरा हो भनेका रहेछन् ।
त्यसपछि प्रहरीको टोन नै चेन्ज भयो । बम हो को हो भन्दै बोलायो र तिम्रो बुबा त यस्तो रहेछ भन्यो । मैले हो, सर बुबा एआईजी हुनुहुन्छ भनेँ । त्यसपछि तिमीलाई गाडीमा हाल्दा मुख ठोक्किएको रहेछ, अब के गर्छौं भन्यो । साथीहरुलाई पठाइदिन लागेको तिमी पनि सँगै जाउ भनेर भन्यो ।
मैले जब सम्म गार्जेन आमाबुबा कोही आउनु हुन्न तबसम्म म यहाँबाट निस्किँदै निस्किन्न भनेपछि फेरि जेलमा राख्यो । छुटेका साथीहरु घर पुगेर घटना बताएपछि बिहानको साढे ३ मा ममी आउनुभयो । विहान ४ बजेतिर छुटेँ । यो घटनाबारे प्रहरीले आन्तरिक रुपमा छानबिन गरिरहेको छ र छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ ।
Comments
अरु समाचार
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...