उनी नेपाली सेनाको हेलिकोप्टरबाट फास्ट ट्र्याककाे प्रगति विवरण बुझ्न काठमाडौंबाट प्रस्थान गरेका हुन् । ७६ किलोमिटर लामो काठमाडौं-निजगढ फास्ट ट्राक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले २१ बैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
मन्त्री पाेखरेलकाे साथमा रक्षा मन्त्रालयका सचिव विनोद केसी र नेपाली सेनाका केही अधिकारीहरू पनि छन् ।