ताजा समाचार

युएस बंगला विमान दुर्घटनामा मृत्यु भएका पाइलट अविद सुल्तानकी पत्नीको मृत्यु

काठकाडाै,९ चैत । काठमाडौंमा दुर्घटना भएकाे  युएस बंगला विमानका चालक अविद सुल्तानकी पत्नीको  मृत्यु भएको छ ।

विमान चालककी पत्नी अफ्सना खानमको अाज विहान राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो ।

हर्ट अट्याक भएपछि उनलाई अाइतबार अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान साढे ९ बजे भएको अस्पतालले जनाएकाे छ ।

मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिने उनको शव पति अबिदको चिहान नजिकै राखिने परिवारले जनाएको छ ।

फागुन २८ गते  बंलादेशबाट काठमाडाैं अाएकाे विमान अवतरणका क्रममा त्रिभुवन अनतराष्ट्रिय विमानस्थलमा दुर्घटना भएकाे थियाे उत्त विमानका पाइलट अविदकाे पनि दुर्घटनामा परि मृत्यु भएकाे थियाे

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org