आमसञ्चार नीतिको आधारमा छिट्टै कानून बन्छ : राज्यमन्त्री बाँस्कोटा
काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय आमसञ्चार नीतिको आधारमा जतिसक्दो चाँडो कानून बनाउने बताउनुभएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १७ औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित सामुदायिक रेडियोको नीति एवं स्थानीय तहसँगको साझेदारी’ विषयक अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले कानूनी कार्यान्वयनसँगै सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा सञ्चार राज्यमन्त्री बाँस्कोटाले नेपालमा भएका विभिन्न परिवर्तनका आन्दोलन र विपत्का समयमा पु¥याएको योगदानको कदर गर्नुभयो ।
मन्त्री बाँस्कोटाले सामुदायिक रेडियोले दूुुरदराजका जनतालाई सुसूचित गराएको भन्दै सामुदायिक रेडियोको विकासका लागि आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउने सरकारको योजना रहेको मन्त्री बाँस्कोटाको भनाइ छ ।
राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले २०७२ सालको भूकम्पको समयमा सामुदायिक रेडियोले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
पूर्वमन्त्री गंगाधर तुलाधर र प्रतिनिधिसभाका सदस्य यज्ञराज सुनारले आम सञ्चारमाध्यमलाई नियन्त्रणभन्दा पनि नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।
अकोराब) नेपालका अध्यक्ष सुवास खतिवडाले सरकारले जतिसक्दो चाँडो रेडियोको नवीकरण पत्र दिनुपर्ने माग गर्नुभयो ।
देशभर सञ्चालनमा रहेका ३१५ सामुदायिक रेडियोको छाता संगठनका रुपमा (अकोराब) नेपालले भूमिका निर्वाह गर्दै आएको छ । रासस
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...













