इयू को प्रतिवेदन प्रति प्रधानमन्त्री ओलीको चेतावनी : गरिब देश भनि हेपाहा काम गरेकाे अाराेप
काठमाडाै, १२ चैत । निर्वाचनकाे पर्यवेक्षणका लागि नेपाल अाएकाे युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले सार्वजनिक गरेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन ले नेपालको सार्वभौमिकतामा हस्तक्षेप गरेको भन्दै प्रधानमन्त्री केपी ओलीले निर्वाचनबारे दिएको सुझावसहितको प्रतिवेदन सच्याउन इयूलाई चेतावनी दिएका छन्।
आइतबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोक० को निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले युरोपियन युनियनले संविधानबारे दिएको सुझाव यथाशीघ्र फिर्ता गर्नुपर्ने चेतावनी दिए । इयूले प्रतिवेदन सच्याउनुको साटो नेपाललाई गरिब देश भनि हेप्ने काम गरेको पनि आलोचना गरे ।
नेपालमा अनुगमनका नाममा आएका धर्म प्रचारकलाई फिर्ता पठाइएकै कारण ईयूले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए।लसाथै प्रतिवेदन सच्याउन गरेको आग्रहलाई अस्वीकार गर्दै यथावत राख्ने वक्तव्य निकाल्नुले नेपाललाई अण्डरमाइण्ड गरेको महसुस आफुले गरेको प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले नेपाली जनताको लोकतन्त्र प्रतिको सजगता निकै राम्रो भएको भन्दै नेपालकै जस्तो समानुपातिक समावेशी तथा महिला प्रतिनिधित्व गराएर देखाउन पनि चुनौती दिए।
युरोपियन युनियनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै नेपालको संविधानमा रहेकाे त्रुटि सच्याउनु पर्ने, ‘प्रतिनिधिसभा तथा प्रदेशसभामा जातीय संरचनासम्बन्धी आरक्षण प्रणालीको प्रभावको पुनरवलोकन गर्नुपर्ने । खस आर्यको आरक्षण खारेज गर्नपर्ने , सकारात्मक कार्यका प्रावधान नकारात्मक विभेदबाट प्रभावित समूहमा मात्र लागू हुन्छन्’, ईयूले आफ्नो प्रतिवेदनमा सुझाव दिएकाे थियो। साथै ईयूले अाफुले सार्वजनिक गरेकाे प्रतिवेदनमा संविधानको धारा ८४ लाई संशोधन गर्न समेत सुझाव दिएको थियो।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












