ताजा समाचार

प्रधानन्यायाधीशका लागि तीन जना न्यायाधीशको प्रस्ताव

काठमाडाैं,१४ चैत । रिक्त प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वोच्च अदालतका  तीन जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ।

 प्रधानन्यायाधीश दीपकराज जोशी, वरिष्ठतम न्यायाधीश ओमप्रकाश मि श्र र चोलेन्द्रशमशेर राणाको नाम प्रधानन्यायाधीश पदका लागि संवैधानिक परिषद्मा  पठाइएकाे हाे ।

परिषद्काे प्रस्तावपछि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक व्यवस्था छ। संविधानतः सर्वोच्चमा तीन वर्ष काम गरिसकेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्न सकिन्छ।

संविधानको धारा १२९ को उपधारा ३ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशमा नियुक्तिका लागि योग्य हुने भनिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org