ताजा समाचार

बानेश्वरमा प्रहरी र आन्दोलनकारीबीचको झडपमा, ६ जना घाइते, १६ जना पक्राउ

काठमाण्डौ १४ चैत । नयाँ बानेश्वरमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । अवैज्ञानिक रुपमा सडक विस्तार गरेको भन्दै सडक विस्तार पीडित संघर्ष समितिले आन्दोलन गरेको थियो ।

आक्रोशित आन्दोलनकारीको भीडले प्रहरीलाई लक्षित गरी ढुंगामुडा प्रहार गरेका थिए । प्रतिरक्षाका लागि प्रहरीले आन्दोलनकारी प्रति लक्षित गरी केही सेल अश्रुग्यास र पानीको फोहोरा समेत प्रहार गरेको थियो । प्रहरीले १६ जना आन्दोलनकारीलाई पक्राउ गरेको छ ।

उनीहरुले हिंसात्मक गतिविधि गरेकाले पक्राउ गरेकाले पक्राउ गरिएको डिएसपी मोहन थापाले जानकारी दिनु भयो । झडपका क्रममा ४ जना आन्दोलनकारी र २ जना सुरक्षाकर्मी घाइते भएको डिएपी थापाले जानकारी दिए । अहिले उनीहरूलाई बानेश्वरमै उपचार भएरहेको उनले जानकारी दिए ।

अहिले त्यहाँको अवस्था सामान्य भइसकेको थापाले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org