प्रेस काउन्सिल ऐन संशोधन हुँदै
ललितपुर, १६ चैत । प्रेस काउन्सिल ऐन झण्डै २६ वर्षपछि संशोधन हुने भएको छ ।
‘प्रेस काउन्सिल ऐन संशोधन’ विषयक आज यहाँ आयोजित छलफल कार्यक्रममा बोल्दै कामु अध्यक्ष किशोर श्रेष्ठले ऐन पुरानो भएकाले समयसापेक्ष नभएको बताउनुभयो ।
कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालय र पत्रकारिताको काम गर्ने शैली फरक भए पनि उद्देश्य एउटै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुवैको उद्देश्य सत्यको खोजी नै हो ।” लोकतन्त्रमा जनताको नजिक रहने र जनताले विश्वास गर्ने क्षेत्र पत्रकारिता नै भएकामा उहाँको जोड छ । सञ्चार माध्यमको दायरा मात्रै फराकिलो भएको भन्दा पनि पत्रकारको जिम्मेवारी अझै बढेको उहाँले औँलाउनुभयो ।
राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले राससकोे समाचार स्रोत उल्लेख नगरी प्रयोग गर्ने काम रोक्नुपर्नेमा जोड दिनुभयो । कुनै पनि व्यक्तिलाई आरोप लगाएर समाचार लेख्दा एकतर्फी हुन नहुनेमा उहाँको जोड छ ।
वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पत्रकार आफैँ जागरुक भए नियममा बाँध्नका लागि कानून नचाहिने विचार राख्नुभयो ।
काउन्सिलका कावा अध्यक्ष श्रेष्ठले विसं २०४८ मा बनेको ऐनले अनलाइन मिडिया नसमेटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा बढी समस्या अनलाइन मिडियामा भए पनि ऐनले यस क्षेत्रलाई समेटेको छैन ।” मिडियासम्बन्धी अरू ऐनसँगै प्रेस काउन्सिल ऐनको मस्यौदा अघि बढ्ने उहाँले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












