ताजा समाचार

याे वर्ष ८२ हजार २ सय ६४ जनाले कोरिय भाषा परीक्षाकाे अावेदन दिए

 काठमाडाैं,१९ चैत । कोरियन भाषा परीक्षा दिनका लागि याे वर्ष ८२ हजार भन्दा बढीले आवेदन फारम भरेका छन् । २०१९ मा काेरिया जानका लागि कोरिय भाषा परीक्षा अावेदन दिनेकाे सङख्या  ८२ हजार २ सय ६४ रहेकाे छ ।

 गत चैत ९ गतेदेखि अनलाइनमार्फत आवेदन माग गरिएको थियो । गएकाे वर्षकाे तुलनामा याे वर्ष ७ हजार बढी युवाले  राेजगारीका लागि कोरियन अावेदन दिएका हुन् । गतवर्ष ७५ हजार ५ सय ८० युवाले कोरिया जान फारम भरेका थिए ।

यो वर्ष कृषितर्फ ३९ हजार ६ सय ४० जनाले आवेदन दिएका छन् ।  यसवर्ष कृषिमा ३० हजार १७९ पुरुष र ९ हजार ४६१ महिलाले परीक्षाका लागि आवेदन दिएकाे ईपीएस कोरिया शाखाले जनाएकाे छ ।

उत्पादनमुलकतर्फ ४२ हजार ६२४ जनाले दरखास्त दिएका छन् । त्यसमध्ये ३९ हजार २०८ जना पुरुष र ३ हजार ४१६ जना महिला छन् ।

काेरियन भाषाकाे परीक्षा  जेठ २६ र २७ गते हुने छ । यसपटक कुल ७ हजार एक सय जना उत्तीर्ण गर्ने योजना रहेकाे छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org