ताजा समाचार

कर्णाली प्रदेशका सांसदको पोसाक : महिलालाई कोट, पुरुषलाई टोपी

सुर्खेत २६ चैत ।  कर्णाली प्रदेशका सांसदहरुकाे औपचारिक पोसाक निर्धारण गरिएको छ।

 पुरुष र महिला सांसदका लागि पोसाकमा कोट तोकिएको छ भने  पुरुष सांसदका लागि भने कालो भादगाउँले टोपी अनिवार्य गरिएको छ। यसअघि संसद्ले कार्यव्यवस्था परामर्श समितिले तोकेको पोसाकलाई अपनाउने निर्णय गरेको थियो।

समितिले आइतबार सांसदको पोसाकबारे टुंगो लगाएको हो। महिला सांसदका लागि कोट निर्धारण गरिएको छ भने ढाकाको धोती वा सारी विकल्पका रूपमा तोकिएको छ। यस्तै पुरुष सांसदका लागि कोट र भादगाउँले कालो टोपी अनिवार्य गरिएको छ।

पुरुष सांसदको हकमा दौरासुरुवाल र पाइन्टलाई पनि विकल्पमा दिइएको छ। यस्तै महिला सांसदको हकमा चोली र पाइन्ट विकल्पका रूपमा तोकिएको छ। समितिले निर्धारण गरेको पोसाकका आधारमा सांसदहरू संसद् बैठकमा सहभागी हुनुपर्नेछ। कोटको रङ भने खैरो र हल्का उज्यालो हुने संसद् सचिवालयले जानकारी दिएको छ। कार्यव्यवस्था परामर्श समितिले पोसाकको टुंगो लगाएको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org