ताजा समाचार

सलमान खान जेठ १२ गते नेपाल आउने

 काठमाडाैं,२६ चैत । सलमान खान जेठ १२ गते नेपाल अाउने तय भएकाे छ ।

कालो हरिण शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय गरेका हुन् ।

नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा जेठ १२ गते सलमानको दबङ टूर नामक सो आयोजनाका लागि निश्चित गरिएको उल्लेख छ ।

पत्रमा सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत उल्लेख छ ।

गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा सलमान खानको ‘दबङ टुर’ नामक सो आयोजना गर्ने भनिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org