ताजा समाचार

पाँच लाख घुस लिँदै गरेकाे अवस्थामा बूडानीलकण्ठकी अधिकृत र इन्जिनियर पक्राउ

 

काठमाडौं,२७ चैत । काठमाडौं  बूडानीलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत  लीला अधीकारी र इन्जिनियर विरेन्द्र श्रेष्ठ घुस लिदैँ गरेकाे अवस्थामा पक्राउ परेका छन् ।

उनीहरुलाई अख्तियार अनुसन्धान आयोगकाे टाेलीले  सोमबार राती पाँच लाख घुससहीत पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका _३ को कार्यलयनजिकै घुस लिरहेकाे अवस्थामा अधिकृत र इन्जिनियरलाई पक्राउ गरिएकाे अख्तियार प्रवक्ता दीर्घराज मैनालीले बताएका छन् । साथै उनीहरुबाट अख्तिायारले दुई थान सवारी साधनसमेत नियन्त्रणमा लिएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org