ताजा समाचार

लघुकथा समाज नेपालले समाजसेवी राईलाई सम्मानित गर्याे

काठमाडौं,१८ चैत । लघुकथा समाज नेपालले सांस्कृतिक अभियन्ता विरबहादुर राईलाई सम्मान गरेकाे छ ।

अाजका लघुकथा झ प्रकाशनका लागि आर्थिक सहयोग प्रर्याएकाेमा कदरपत्रको साथ राईलाई लघुकथा समाज नेपालले सम्मान गरेकाे हाे ।

कार्यक्रम  बाेल्दै लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले  नेपाली लघुकथा उन्नयनमा ञआजका लघुकथा झ एक मानक कृति प्रकाशनमा सहयाेग गरेका विरबहादुर राईलाई धन्यवाद ज्ञापन गरेका थिए । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहयोग पुरयाउनु भएका वीरबहादुर राईको सराहनीय पक्ष रहेकाे बताउनु भएकाे छ । साथै राईप्रति लघुकथा समाज नेपाल सधैं कृतज्ञ  रहेकाे पनि बताए ।

सम्मानित वीरबहादुर राईको परिचय दिदैँ श्रीराम राईले बताए “ ञकिरातीहरूको आदिम पुर्खा तयामा खियामा र रैछाकुलको प्रतिमा निर्माण स्थापना समितिका सदस्य राई प्रतिमा अनावरणको क्रममा नेपाल आउनुभएको हो । उहाँ आफ्नै जिल्ला खोटाङको हलेसी तुवाचुङमा भर्खरै कार्यक्रम सकेर फर्किनु भएको हो । भलिवल खेलाडीको रूपमा परिचित उहाँ जिल्लामा खेलकुद, सडक निर्माण, शिक्षा जस्तो विविध क्षेत्रमा खट्दै आउनुभएको छ ।”

कार्यक्रममा सिन्धु गौतमञ एक दैनिकझ ,श्रीराम राई ञखरानीको रङझ, त्रिभुवनचन्द्र वाग्ले ञलात्ती लाग्यो झ,शुषमा मानन्धर ञकालो विरालोझ, सुमन सौरभ ञअपेक्षाझ ,तुलसीहरि कोइरालाञ आधुनिक औपसानी झर ध्रुव मधुकर्मीलेञ बाटैबाटो झशीर्षकको लघुकथा वाचन गरेका थिए ।

 

लक्ष्मणप्रसाद गौतमले समीक्षात्मक टीकाटिप्पणी गरेका थिए । कार्यक्रममा सम्मानित  भएका राईले लघुकथा उन्नयनमा अझै सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका थिए । साथै सम्मानित राईले  समाज परिवर्तनका लागि यस्ता खाले सामुहिक कार्यमा अाफू लागेकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा साहित्यकार तथा कान्तिपुर दैनिकका दामोदर न्यौपाने, राजेश खनाल ,गोपाल अश्क लगायतको उपस्थित रहेको थियोे ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका निवासी राई हाल काठमाडौं कपनमा बस्दै अाएका छन् ।

Comments

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org