सभामुख महराले कानून निर्माणको काममा गम्भीर रुपमा सांसदहरूको ध्यानाकर्षण हुनुपर्ने बताए । महराले कानून निर्माणमा भन्दापनि सरुवा, बढुवामा जनप्रतिनिधिहरू बढी केन्द्रीत भएकाे पनि गुनासो गरे।
सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसद भवन निर्माण गर्ने आवश्यक तयारी सरकारले गरेको महराले बताए । पुतली बगैँचामा रहेको सेनाको व्यारेक गृह मन्त्रालय पछाडिको खाली जग्गामा सार्ने विषयमा प्रधानसेनापतिसँग कुरा गरिएको पनि उनले जानकारी दिए।