ताजा समाचार

गेष्ट हाउसमा बोलाएर युवतीको हत्या गर्ने व्यक्ति भारतमा समातिए

काठमाडौं, २ बैशाख । काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा युवती लिएर गएका युवकले नै उनको हत्या गरेको खुलेको छ । सल्यानको शारदा गाउँपालिका–१ का गोपाल शर्मा  हत्याकाे अाराेपमा पक्राउ परेका छन् ।

उनले गत २२ चैतमा २२ वर्षीय रियाना अधिकारी ‘रिया’ को हत्या गरेका थिए । हत्या लगत्तै उनी भागेर भारत पुगेका थिए । उनलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले पक्राउ गरेर नेपाल ल्याएको हो ।

युवतीसँगै राति गेष्ट हाउसमा गएका शर्माले होटलको आगन्तुक पुस्तिकामा भने घर दाङ घोराही नगरपालिका–१, वर्ष २६ र नाम विकास वली लेखेका थिए ।

उनीहरु राति गेष्ट हाउसको २ सय ३ नम्बरको कोठामा बसेका थिए । कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा उनी मृत अवस्था भेटिएकी थिइन् ।

घटना बारे विस्तृत विवरण सार्वजनिक गर्नको लागि काठमाडौं प्रहरी परिसरले दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org