संकटमा अन्ध गल्छी ः सडकका ढुंगा गल्छीमा
बेनी, म्याग्दी, २ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’को चर्चा विश्वभरि हुन्छ ।
लोकसेवा आयोगको परीक्षा र हाजिरीजवाफमा पनि संसारकै गहिरो गल्छीको नाम के हो र यो कहाँ पर्छ भनेर सोधिन्छ यही गल्छीलाई । विश्वभर चासो र चर्चा हुने अन्धगल्छीको अवस्था भने दयनीय छ ।
सांसरकै गहिरो गल्छी बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरोन्नतिका क्रममा मुख्य आकर्षक मानिएको गल्छीको आधा भाग पुरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने बेलामा दानाको काभ्रेमा सडक विस्तार गर्दा ठूला ढुंगा गल्छीमा खसाल्ने गरिएको छ । उत्तर–दक्षिण अन्तरदेशीय व्यापारिक महत्व तथा प्रदेश नं ४कै मुख्य मार्ग मानिएको सडकखण्डमा काम गरिरहेको शर्मा गजुरमुखी जेभीका मजदूरले सडकबाट गल्छीमा ढुंगा माटो खसाल्न थालेपछि गल्छीको अस्तित्व संकटमा परेको हो ।
“गल्छी हेर्न गएका पर्यटक निराश भएर फर्कछन् । सडकले गल्छी नै संकटमा परेको कसैलाई मतलव छैन”, अन्नपूर्ण–३ का वडासदस्य हस्तबहादुर पुनले भन्नुभयो ।
“साँघुरो गल्छी भएकाले खसालिएका ठूला ढुंगा बर्खाको समयमा समेत बगाउन मुस्किल हुने भएकाले समयमै संरक्षणका लागि पहल आवश्यक छ”, उहाँले जोड दिनुभयो । स्थानीयवासीले सीमित सरकारी बजेटमा लामो समयसम्म जनश्रमदान गरी रुप्से झरनाबाट अन्धगल्छीसम्म पुग्ने पूर्वाधार, प्रतीक्षालय, पदमार्ग बनाइए पनि बजेट अभावमा यसको मर्मत हुन सकेको छैन ।
विश्वभरबाट गल्छीको खोज तथा अनुसन्धानमा आउनेले अन्धगल्छीलाई संसारकै सुन्दर र लुकेको गल्छीका रूपमा समेत व्याख्या गर्ने गरेका छन् । छिमेकी देश चीनको तिब्बतबाट मुस्ताङका विभिन्न खोला मिसिएर बग्ने कालीगण्डकीको खोचलाई विश्वमै गहिरो मानिन्छ । “पूर्वाधारको अभावका कारण धेरै समस्या भइरहेको छ ।
अझै गल्छी नै संकटमा परेको अवस्थामा सबैको चासो पुग्नुपर्छ” धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले भन्नुभयो । उहाँले रुप्से झरना र अन्धगल्छी विश्वकै नमूना पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा उल्टो जलविद्युत् आयोजना बनाउने र सडक विस्तारका नाममा गल्छीको नाश गर्न खोजिएको आरोप लगाउनुभयो ।
पर्यटकीय गन्तव्य–भकिम्ली
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली गाउँदेखि केही माथि रहेको स्वर्गाश्रम मन्दिर र बेलढुंगामा सामान्य पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न सक्ने हो भने भकिम्ली सदरमुकाम बेनीदेखि छोटो दूरीको सुन्दर पर्यटकीय गन्तव्य बन्न सक्ने सरोकारवालाले बताएका छन् ।
प्रदेश नं ४ का सांसद विनोद केसी, बेनी नगरपालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाहरुले हालै अवलोकन भ्रमणपछि सो कुरामा जोड दिएका हुन् ।
सांसद केसीले जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा ध्यान दिनुपर्ने र यहाँका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको दिगो विकास गरी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सकिने हुँदा यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले स्वर्गाश्रम तथा बेलढुंगाको विकासका लागि स्थानीय र जनप्रतिनिधिले ध्यान दिनुपर्ने र जिल्लामा रहेका पर्यटकीय र धार्मिक क्षेत्रको विकास गरी म्याग्दीलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न सकिने बताउनुभयो ।
प्राचिन कालमा स्वर्गाश्रम मन्दिरमा ऋषि एवं माताहरु आएर तपस्या गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । स्वर्गाश्रम र बेलढुंगाबाट म्याग्दीको पर्यटकीय तथा धार्मिक क्षेत्र, विभिन्न जिल्लाका साथै डाँडाकाँडा र धौलागिरि एवं अन्नपूर्ण रेञ्जका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न पाइन्छ । रासस
Comments
अरु समाचार
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...