हनुमानढोकादेखि स्वयम्भूसम्मको पदयात्रा सुरु
काठमाडौं, २ वैशाख। काठमाडौंको बसन्तपुरस्थित विश्व सम्पदा हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको पदयात्रा सुरु भएको छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोकादेखि अर्को विश्वसम्पदा स्वयम्भूसम्मको यात्रा पैदल रुपमै गर्न सकिन्छ भन्ने सन्देश पर्यटकहरुबीच पुर्याउने उद्देश्यका साथ आइतबारदेखि पदयात्रा सुरु भएको हो ।
पैदल यात्राको पहिलो दिन आइतबार हनुमानढोकादेखि स्वयम्भूसम्मका सम्पदाहरुको सफाइ गरिएको छ । अभियानको एक कार्यक्रमका बीच बसन्तपुरमा शुभारम्भ गर्दै काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले बसन्तपुरदेखि स्वयम्भूसम्म पैदल यात्रा गरेर यस क्षेत्रलाई विश्वका पर्यटकहरुको केन्द्र बनाउन चाहेको स्पष्ट पारे ।
उनले भने “सम्पदाको भण्डार रहेको काठमाडौंको सम्पदाहरुको संरक्षण र सम्वर्द्धन गर्दै यसलाई पर्यटक उद्योगको रुपमा स्थागित गराउने योजना अन्तरगत पदयात्राको अभियान सुरु गरिएको हो ।”
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अभियानले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।
अभियान अन्तरगत वैशाख ३ गते विद्यार्थीहरुले पदयात्रा गर्नेछन । त्यसैगरी ४ गते विभिन्न खेलकुद अभियान, ५ गते फोटो पत्रकारहरुलाई त्यस क्षेत्रका सबै सम्पदाको अवलोकन गराउने र ६ गते हुलाक टिकट प्रर्दशनी गरिने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।
वैशाख ७ गते चित्रकला प्रर्दशनी हुनेछ भने ८ गते अभियान समापन गरिनेछ । काठमाडौंका स्थानीय सम्पदाहरुको उचित संरक्षण गर्न पनि अभियान सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाको संयोजनमा सुरु गरिएको पैदल यात्रा ६ दिनसम्म चल्नेछ ।
Comments
अरु समाचार
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...