ताजा समाचार

अस्थायी शिक्षकको परीक्षालाई नियुक्ति पत्र दिने माध्यम बनाउन दिदैनाै ः पोखरेल

काठमाडौं, २ वैशाख । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षालाई नियुक्ति पत्र दिने माध्यम नबनाउने बताएका छन् ।

विद्यार्थीहरुको विरोधपछि चैतमा तोकिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा रोकिएको छ । शिक्षा ऐनको नवौं संशोधनले हाल कार्यरत अस्थायी शिक्षकलाई सहज बनाउने गरी आन्तरिक प्रतिस्पर्धा गर्ने बाटो खोलेपछि विद्यार्थीहरुले विरोध गरेका थिए ।

शिक्षक सेवा आयोगले लिने परीक्षा गुणात्मक शिक्षक छनोटका लागि हुनुपर्ने भन्दै, उनले भने “ जसलाई शिक्षण पेशामा राख्न जरुरी छैन, उनीहरुलाई नियुक्त पत्र दिन होइन ।”

मन्त्री पोखरेलले अब खुलातर्फ पनि विज्ञापन निकाल्ने प्रक्रिया अघि बढाइने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org