ताजा समाचार

गायक मोडल, सुरेन्द्र अमात्यको ‘डँम्फु नै बोकी च्याङ्बा नाच्यो मैच्याङ्ग देखर’ बोलको गीत सार्वजनिक

काठमाडौं ३ वैशाख ।नयाँ बर्षको आगमनसँगै गायक मोडल, सुरेन्द्र अमात्यको ‘डँम्फु नै बोकी च्याङ्बा नाच्यो मैच्याङ्ग देखर’ राष्ट्रिय एकताको सन्देश दिएको गीत हालै बजारमा आएको छ ।

काठमाडौंका धर्तिपुत्र गायक अमात्यले नेपाली जातजातिहरु बीच जातिय द्धन्द्ध, बैमनश्यता हटाई राष्ट्रलाई एक सुक्रमा बाढ्न, भाइचार, सद्भाव, कायम गर्नको लागि गीत गाउनु भएको जानकारी दिनु भयो ।

गायक अमात्यले आउँदा दिनहरुमा बाद्य बाधन ब्याण्ड सहित सांगीतिक क्षेत्रमा प्रस्तुति गरिने योजना रहेको जानकारी दिनु भयो । गीत लेखक तिर्थमान महर्जनका अनुसार ‘तामाङ्ग, नेवार लगायत लगायत सबै जातजातिहरु बीच एकजुट हुनु पर्छ भन्ने भावना अभिवृद्धिको लागि गीत रचना गरिएको जानकारी दिनु भयो ।’  यस मार्धुय गीतमा संगीत दुर्गा लामाको संगीत रहेको छ ।

आधुनिक नेपाली तामाङ्ग सेलो गीतको लुपस् रेकिर्डग स्टुडियोका रिकडिस्ट विजेन श्रेष्ठका अनुसार यस गीतले नेपाली सांगीतिक क्षेत्रमा नौलो आयाम ल्याउने उपेक्षा गरिएको जानकारी दिनुभयो । उक्त गाना चाँडै नै म्युिजक भि.डि.ओ.मा समेत निकाल्ने योजना रहेको गायक अमात्यले जानकारी दिनु भयो । अमात्य करिब पन्ध्र बर्षजति गीत संगीतमा रहदै अाउनु भएकाे   छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org