ताजा समाचार

बैशाख ९ मा पार्टी एकता नहुने : चुनाव चिन्हको विषयमा विदाद छैन

काठमाडाैं,४ बैशाख । बालुवाटारमा अाज बसेकाे एकता संयोजन समितिको  बैठकले  बैशाख ९ गतेलाई ताेकेकाे पार्टी एकता घाेषणाकाे कार्यक्रम साेही दिन नहुने बताएकाे छ ।

पार्टी एकताका लागि समय अभाव हुने भएकाले साेही दिन बैशाख ( ९) गते पार्टी एकीकरणकाे घाेषणा गर्न नसकिने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

बैठकले प्रतिवेदनको अन्तिम रूप दिने जिम्मा दुई अध्यक्षलाई दिएको र प्रतिवेदनमा भएका आवश्यक परिमार्जनसहित अन्तिम टुंगो लगाउने जिम्मा  पनि दुई अध्यक्षलाई दिएकाे  श्रेष्ठले बताएका छन् ।

बैठकमा दुवै पार्टी बीच  चुनाव चिन्हको विषयलाई लिएर विवाद नभएकाे एमाले महासचिव एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले  बताएका छन् ।

पाेखरेलले  केन्द्रीय समितिको दुई पार्टीमा सहभागिता गराउँदा योग्यता, क्षमता र राजनीतिक पृष्ठभूमी हेरिने पनि बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org