ताजा समाचार

गाडी भाडा नपाएपछि नगरपालिकामा तालाबन्दी

 काठमाडाैं,४ बैशाख ।लुम्बिनी सांस्कृतिक नगरपालिकाकामा गत कात्तिकदेखि प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका पौडेलले  अाफू नगरपालिकामा गएदेखि नै उपप्रमुखले गाडी भाडा रकम माग्दै अाएकाे  र नगरपरिषद् र नगरकार्यपालिकाको निर्णय विपरीत रकम दिन नसकेपछि आफ्नो कार्यकक्षमा तालाबन्दी गरिएको बताएका छन् ।  नगरपालिकाका उपप्रमुख र उपभोक्ता समितिले नै तालाबन्दी गरेपछि रुपन्देही नगरपालिकाको कामकाज राेकिएकाे छ। 

गत शुक्रबार उपप्रमुख जानकी देवी श्रीवास्तवले नगरपालिकाका प्रशासकीय अधिकृत मोहन पौडेललाई बाहिर निकाली उनको कार्यकक्षमा तालाबन्दी गरेकी थिइन्।

त्यसको विरोधमा उपभोक्ता समितिले नगरपालिकाका सबै शाखाहरूमा सोमबार तालाबन्दी गरेका छन्। वार्षिक योजना फर्छ्योट हुने समयमा भएको तालाबन्दीको कारण नगरपालिकाको सबै कार्यतालिका प्रभावित भएको छ।

गत कात्तिकदेखि प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका पौडेलले आफू नगरपालिकामा गएदेखि नै उपप्रमुखले गाडी भाडा रकम माग गर्दै आएको र नगरपरिषद् र नगरकार्यपालिकाको निर्णय विपरीत रकम दिन नसकेपछि आफ्नो कार्यकक्षमा तालाबन्दी गरिएको बताए।

पौडेलले कार्यकक्षमा तालाबन्दी गरेपछि उपप्रमुखको नेतृत्वमा वडा नम्बर ३ का अध्यक्ष अकारामुद्धिन नाउ मुसलमान, वडा नम्बर ७ का अध्यक्ष ध्रुव यादव र वडा नम्बर १० का अध्यक्ष रामजान अन्सारी आफ्नो निवासमा आई निवास समेत छोड्न भन्दै धम्की दिएपछि सुरक्षाको लागि भैरहवा बस्दै आएको सेतोपाटीलाई बताए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org