ताजा समाचार

डोम समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न प्रधानमन्त्री सिराहा जाँदै

 

काठमाडाैं,५ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओली अाज सिराहा जाँदैछन् । उनले सिराहको कल्याणपुर नगरपालिका ११ स्थित डोम समुदायका बालबालिकाको अभिभाकत्व ग्रहण गर्ने भएका छन् ।

विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री ओली सिराहा जाने भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार प्रधानमन्त्री ओलीले डोम समुदायका दुई बालबालिकाको अभिभाकत्व ग्रहण गर्नेछन् ।यसैगरी दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, र प्रमुख जिल्ला अधिकारी र स्थानीय बालगृहले पनि अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम छ ।

अहिले देशभर विद्यालय भर्ना अभियानलाई तीव्र पारिएको छ । शीर्ष नेताहरु, जनप्रतिनिधि, कलाकार, बिभिन्न दलका भ्रातृ संगठनलगायतले अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियानमा सहयाेग गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org